Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

बिमालेख धितो राखेर बैंकबाट ऋण लिन नपाइने

User Photo आइतवार, फाल्गुन ९, २०७७
काठमाण्डाै ।

बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरित हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न आवश्यक सहयोग तथा समन्वय गर्न गत मंगलबार राष्ट्र बैंकलाई पत्र लेखिएको छ । बिमालेखको धितोमा कर्जा लिनु बिमा ऐन विपरित हो ।

बिमितले बिमालेख धितोमा सम्बन्धित बिमा कम्पनीबाट सेन्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा लिन पाइन्छ । जुन कम्पनीबाट बिमा गरिएको हो, सोही कम्पनीबाट कर्जा लिन पाइन्छ ।, तर बिमालेख धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्न ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.