कोरोना प्रभावित व्यवसायीले पाए १३ अर्ब ब्याज छुट

कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशनअनुसार यस्तो छुट दिएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरुले छुट दिएका कारण यो वर्ष बैंकहरुको आम्दानी केही घट्न पुग्यो । दुई प्रतिशत ब्याज छुट अन्तरगत वाणिज्य बैंकहरुले नौ अर्ब ६७ करोड, विकास बैंकहरुले ९६ करोड ५० लाख, वित्तीय कम्पनीले १४ करोड ६७ लाख र लघुवित्तले एक अर्ब ४७ करोड रुपैयाँ छुट दिएका छन् ।

वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकले कोरोनाको बेला वित्तीय संस्थाभन्दा पनि उद्योगी, व्यवसायीको हितलाई बढी ध्यान दिएको गुनासो गरे । उनले यसको असर आगामी वर्ष पनि कायमै रहने बताए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
शुक्र, फाल्गुन २१, २०७७ (March 5, 2021, 7:44 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै