Naya Media
शुक्रबार, साउन २९, २०८३
| | August 14, 2026
शुक्रबार, साउन २९, २०८३

महामारीमा बैंकहरूकाे नाफा झन बढ्याे, गत बर्ष भन्दा ११ अर्ब बढी खुद मूनाफा

User Photo मङ्लबार, भदौ १, २०७८
काठमाण्डौ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।

कोरोना महामारीकाबीच पनि अधिकांश बैंकहरुको मूनाफामा राम्रो वृद्धि देखिएको छ । अधिकांश बैंकहरुको मूनाफा बढेको छ भने केही बैंकहरुको मात्रै मूनाफामा गिरावट आएको छ ।

गत वर्षको मूनाफाका आधारमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिलले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मूनाफा कमाएको छ । दोस्रो नम्बरमा ग्लोबल आइएमई र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको मूनाफा २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँबाट बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मूनफामा भने गिरावट आएको छ । मूनाफा घट्दा यो बैंक तेस्रो नम्बरमा पुगेको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ कमाएको यस बैंकले गत आर्थिक वर्ष भने ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँमात्रै कमाएको छ ।

मूनाफाका आधारमा चौथो नम्बरमा देखिएको कृषि विकास बैंकले ३ अर्ब ३३ करोड १७ लाख ३८ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुर्याएको छ ।

उता पाँचौ नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ मूनाफा कमाएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.