जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

शुक्रबार, माघ २१, २०७८, काठमाण्डौ । 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज)देखि साधारण सेयर (आईपीओ) निस्कासन सुरु गरेको छ ।

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ । आईपीओ निस्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बोर्ड नेतृत्वविहीन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निस्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा छन् । यी कम्पनीहरुले अब क्रमशः अनुमति पाउने बोर्डले बताएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

शुक्रबार, माघ २१, २०७८ (February 4, 2022, 10:55 am) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै