लम्लम्की उपभोक्ता तथा ॠण सहकारी संस्थाले बल्चौरको सोनाह बस्तीमा खाद्यान्न वितरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत लम्की चुहा ३ बल्चौरमा रहेको सोनाह बस्तीमा ३५ हजार बराबरको दाल,चामल,नुन तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
माछा मारेर जिबिको पार्जन गर्ने यो सोनाह समुदायले राहत पाए पछि लम्की उपभोक्ता तथा ॠण सहकारी संस्था लाई धन्यवाद दिएका छ्न ।
संस्थाका उपाध्यक्ष दिल बहादुर साउदले सामाजिक कार्यमा खेल्नु पर्ने भुमिका संस्थाले सक्ने निभाइ रहेको बताए । लोपोन्मुख सोनाह समुदाय लाई केही भए पनि राहत होस् भनेर खाद्यान्न सहयोग गरेको जानकारी दिए ।
खाधन्न वितरण कार्यक्रममा पुगेका लम्की चुहा नगरपालिका वडा नम्बर ३ का वडा सचिव शुशिला ओझाले आय आर्जन बाट केही सामाजिक काम गर्न जरुरी रहेको भन्दै संस्थाले उक्त कार्य गरेकोमा खुसी व्यक्त गरे ।
संस्थाका अध्यक्ष पहिल बहादुर शाहीले पहुँच नभएको समुदायमा केही भए होस भनेर राहत लिएर आफुहरु यहाँ पुगेको प्रतिक्रिया दिए । आफू हरुले सहयोग गर्दा अरुले पनि गरून् भन्ने संदेश दिएको बताए ।
संस्थाका प्रबन्धक एकेन्द्र प्रसाद घोडाशैनीले अघिल्लो वर्ष सहारा घरमा खाद्यान्न र सहित स्मृति माध्यामिक विद्यालयाका बिपन्न र जेहेन्दार विद्यार्थि लाई स्टेसनरी सामाग्री वितरण गरेको स्मरण गराउदै यो सहयोग जस्तै आगामी दिन हरुमा पनि सहयोग गर्ने बाचा गरे ।