Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

एनएमबी लघुबित्त, वीरेन्द्रनगरको लघुउद्यमी केन्द्रीत कार्यक्रम, लघुवित्त प्रति ग्राहकको आर्कषण

User Photo शनिबार, पुस २७, २०८१
सुर्खेत ।

एनएमबी लघुबित्त बित्तीय संस्था लि। को सुर्खेत स्थित शाखा कार्यालय, पिपिराले लघुउद्यमी ग्राहक केन्द्रीत विभिन्न कार्यक्रम संचालन गरेपछि ग्राहकहरूको आर्कषण लघुवित्तमा बढेको दखिएको छ ।

जिल्लाको बिरेन्द्रनगर नगरपलिकाका सदस्यहरू बिचमा संस्थाले पौष महिनाभर बिभिन्न कार्यक्रमहरू गरेको छ । पिपिरा शाखाले अन्तरक्रिया तथा बित्तिय साक्षरता मार्फत चेतनामूलक कार्यक्रमको गरेको हो ।

कर्जाको आवश्यकता, बचतको प्रकार, बचत तथा कर्जाको फाईदा र बेफाईदा, कर्जा लिदा ध्यानदिनु पर्ने कुराहरु, कर्जा सदुपयोगिता, आफूले गरेको व्यवसायको बिमा र त्यसको फाईदा र बेफाईदा, व्यवसायको छनोटले आफू र आफ्नो परिवारलाई हुने लाभ, पासबुकको प्रयोग र यसको फाईदा, जम्मा भैचरको महत्व, केन्द्र समुह र केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएतको बिषयमा ग्राहकहरूलाइ सचेतनामूलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहकमा वित्तिय चेतना बढेको शाखा प्रमुख इन्द्र बहदुर चलाउनेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिकामा बिभिन्न वित्तिय संस्थाहरू रहेका छन् तर लघुउद्यमीहरूको पहिलो रोजाइमा भने एनएमिव लघुवित्त रहेको छ तथा लघुवित्तको कार्यक्रमले आफुहरूमा ऋृणाको सदुपयोग कसरी गर्ने भन्ने कुराको वारेमा थाहा भएको र गाँउमा एनएमवि लघुवित्तको सेवा आए पश्चात बिना धितो ऋृण लिएर ब्यवसाय गर्दा नगरबासीमा खुसी छाएको कार्यक्रममा सहभागी स्थानियको भनाई छ ।

कार्यक्रमको ब्यवस्थापनमा शाखाका कर्मचारीहरू एलिजा थापा र नवराज पाण्येले सहयोग गर्नुभएको छ । लघुवित्तले यस अघि जिल्लाको विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यस लघुवित्तको पिपिरा शाखाले जिल्लाको बिरेन्द्रनगर नगरपालिका र यसको वरपर कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ । पोखरा महानगरपालिका वडा नं। ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख तीस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।

 

# आर्थिक # एनएमबी लघुबित्त # कर्णाली प्रदेश # सुर्खेत

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.