Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

जेन-जि आन्दोलनमा क्षति व्यहोरेको ढकेरी प्रहरी चौकीलाई एनएमबी लघुबित्तद्वारा सामग्री हस्तान्तरण

User Photo
शनिबार, मंसिर २०, २०८२
पोखरा ।

एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राप्ती सोनारी–८ सम्सेरगन्जस्थित इलाका प्रहरी चौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। केन्द्रिय कार्यालय पोखरा–८ न्युरोड र प्रादेशिक कार्यालय लुम्बिनीको समन्वयमा गरिएको यो सहयोग सुरक्षालाई बलियो बनाउने उद्देश्यका साथ अघि सारिएको संस्थाले बताएको छ ।

एक औपचारिक कार्यक्रमका बीच प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख अभिषेक गौतम र क्षेत्रीय प्रबन्धक राजेन्द्र बहादुर खड्काले दुई थान टेबल, दुई थान कुर्सी तथा दुई थान बेन्च प्रहरी चौकी इन्चार्ज कुलराम चौधरीलाई हस्तान्तरण गरिएको हो। सामग्री ग्रहण गर्दै चौकी प्रमुख चौधरीले हालैको जेन–जेड आन्दोलनका कारण चौकीको भौतिक संरचना तथा कार्यक्षमता प्रभावित भएको भन्दै यस्तो सहयोग अत्यन्तै उपयोगी रहेको बताए।

कार्यक्रममा प्रादेशिक प्रमुख गौतमले वित्तीय सेवासँगै समुदायप्रति उत्तरदायी संस्थाको हैसियतले एनएमबी लघुबित्त निरन्तर रूपमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेको बताए। यस सहयोगको आकारभन्दा पनि उद्देश्य महत्वपूर्ण हुने उल्लेख गर्दै सुरक्षा क्षेत्र सबल हुँदा समुदाय-उन्मुख कार्यसम्पादन अझ प्रभावकारी बन्ने विश्वास रहेको बताए।

क्षेत्रीय प्रबन्धक खड्काले स्थानीय सुरक्षा संयन्त्र सबल हुनु प्रत्येक नागरिकको अधिकार र आवश्यकता भएको बताउने क्रममा, “हामी सेवा गर्ने मात्र होइन, सामाजिक साझेदारीको भावनालाई संस्थागत रूपमा अगाडि बढाइरहेका छौँ,” उनले भने। उनका अनुसार, देशभरका विभिन्न शाखाहरू मार्फत सार्वजनिक संस्थाहरू, विद्यालय, स्वास्थ्य चौकी तथा स्थानीय निकायसँग सहकार्य गर्दै लघुबित्तले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

प्रहरी चौकी प्रमुख कुलराम चौधरीले सहयोग प्रति आभार व्यक्त गर्दै भौतिक सुविधाले प्रहरी सेवाको तीव्रता र सहजतामा ठोस प्रभाव पार्ने बताए। “समुदायमै आधारित संस्थाबाट प्राप्त सहयोगले हामीलाई थप उत्साहित बनाएको छ,” चौधरीले भने, “यसले दैनिक सेवा–प्रवाहमा सहजता ल्याउनेछ।”

एनएमबी लघुबित्तका अनुसार, समुदायसँगै सहकार्य गर्दै सामाजिक सुरक्षादेखि समुदाय विकाससम्मका क्षेत्रमा संस्थाले निरन्तर योगदान गर्दै आएको छ। सम्सेरगन्ज प्रहरी चौकीलाई गरिएको यो सहयोग पनि त्यही अभियानको अन्तर्गत भएको संस्थाको भनाइ छ। उत्त कार्यक्रमको सहजीकरण यस बित्तिय संस्था को सम्सेरगन्ज शाखा प्रमुख नेत्र प्रसाद भण्डारीले गरेका थिए।

# आर्थिक # एनएमबी लघुबित्त # जेनजी आन्दोलन # ढकेरी # शम्सेरगन्ज प्रहरी चौकी

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.