Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

कठै मेराे देशः आफ्नै देशमा भारतियकाे घेराबन्दीमा सांसद

सांसदकाे गाडीको हावा फुस्काइदिए, पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे

User Photo आइतवार, जेष्ठ ५, २०७६
काठमाण्डाै ।

नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन शुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो ।

साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्किने क्रममा नरैनापुरमा आइपुगेका थिए । प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उनलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाबमूलक अनुरोध गरे । ‘के रहेछ भनेर बुझ्न’ उनी प्रहरीचौकी गए ।

चरेशसहित पक्राउ परेका व्यक्तिलाई सांसदको भनसुनमा छोड्ने कुरै भएन । सांसद केसीले पनि छोडिदेऊ भन्ने कुरै भएन । निर्दोष छ भने प्रहरीले छोडिहाल्छ भनेर सांसद नेपालगञ्ज फर्किन गाडीमा चढे । धेरै भारतीय र केही नेपालीले उहाँलाई घेरे । विश्वकर्मालाई नछोडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए । पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.