सुनको मूल्यमा आज पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ ।
मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेर ६४ हजार पुगेको थियो । शुक्रबार पुनः प्रतितोलमा एक हजार रुपैयाँले बढेर ६५ हजार पुग्यो ।
आजकाे सुन चाँदी दर यस प्रकार रहेकाे छ ।
Gold/SIlver Type Per 10gms. Per Tola
FINE GOLD (9999) Nrs 56155/- Nrs 65500/-
TEJABI GOLD Nrs 55900/- Nrs 65200/-
SILVER Nrs 634.50/- Nrs 740/-
Source: FENEGOSIDA
