Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

अाजकाे राशिफल- वि.सं. २०७५ साल साउन १७ गते (अगस्ट २ तारिख), बिहीबार

User Photo
बिहिबार, साउन १७, २०७५

वि.सं. २०७५ साल साउन १७ गते, बिहीबार। इश्वी सन् २०१८ अगस्ट २ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– पञ्चमी, ७:३७ बजेउप्रान्त षष्ठी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुपर्ला। आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने देखिन्छ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।


advertisement

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यको नाफा गुम्न सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। विश्वासपात्रले अन्त्यमा धोका दिन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले पनि अवसर दिलाउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। नयाँ काममा शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। पछिको फाइदाका लागि केही त्याग वा लगानी गर्नुपर्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थसञ्चितिमा बाधा पर्न सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)– विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। तर गोपनीयता बाहिरिनाले अरूका लागि बुद्धि खर्चनुपर्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- व्याहारिक समस्याले अलमल्याउन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। कामकाे चाप बढ्ने समय छ। तर, लक्ष्यअनुसार उपलब्धि हातपार्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। तापनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्। मिहिनेतले अध्ययनमा राम्रो नतिजा दिलाउनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- असमझदारीका बीच साझेदारसँग सम्झौता गर्नुपर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। घर–परिवारमा विवाद आउने समय छ। तर शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका बनाउन सकिनेछ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। प्रतिस्पर्धीहरूले लगानी बढाउनुपर्ने परिस्थिति निम्त्याउन सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- धेरै बोल्दा समस्या आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा पनि विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

स्राेतः नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.