Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

अाजकाे राशिफल- वि.सं. २०७५ साल साउन १९ गते (अगस्ट ४ तारिख), शनिबार

User Photo
शनिबार, साउन १९, २०७५

वि.सं. २०७५ साल साउन १९ गते, शनिबार। इश्वी सन् २०१८ अगस्ट ४ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– सप्तमी, ७:१५ बजेउप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।


advertisement

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- मिहिनेतले आम्दानी बढाउनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। जिम्मेवारी बढिरहनेछन् तर महत्त्वपूर्ण काम बीचमा रोकिनाले मन खिन्न हुनेछ। आकस्मिक खर्च बढ्नाले कर्जा लिनुपर्ने आवश्यकता पर्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। तापनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। तर आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको विश्वासमा पर्दा काम अधुरो रहन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- केही चुनौती देखिए पनि प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- परिस्थितिवश चिताएको काम सम्पादनमा विलम्ब हुनेछ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीका समस्या सुल्झनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि बिस्तारै फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- धेरै बोल्दा समस्या आउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ। हिसाबकिताबमा विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.