Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

अाजकाे राशिफल- वि.सं. २०७५ साल कात्तिक २९ गते (नोभेम्बर १५ तारिख), बिहीबार

User Photo बिहिबार, कार्तिक २९, २०७५

वि.सं. २०७५ साल कात्तिक २९ गते, बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर १५ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– अष्टमी, ३१:१४ बजेउप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। तापनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो कामको योजना बन्न सक्छ। सानो प्रयत्नले सामाजिक कार्य शुभारम्भ हुनेछ। रोकिएका काम दोहोर्याउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- मिहिनेतका साथै काम बनाउन केही समय लाग्नेछ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मनमा अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरू भने पछि हट्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। तापनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- कमजोरीले चिन्ता बढाउन सक्छ। अवसरवादीहरूले ढोका दिन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि, रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक लाभ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- अवसर प्राप्त भए पनि परिस्थिति आफ्नो अनुकूल नदेखिएकाले सजग रहनुपर्ला। स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले मन खिन्न हुन सक्छ। तापनि हल्लाको पछि नलागी कर्मयोगमा जुट्नुहोला। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित कामको मौका दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। तापनि आस मारेको नतिजा सकारात्मक हुनेछ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारमा आमाको माध्यमले फाइदा उठाउन सफल भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- परिस्थिति अलि संघर्षपूर्ण रहला। चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिन्छ। प्रतिस्पर्धीहरूले केही दु:ख दिनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- सिर्जनात्मक कौशल तथा लेखन शैलीमा निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक फेला पर्नेछन्। तर बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा आफन्त टाढिन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त होला। आयस्रोत राम्रो देखिए पनि तत्कालै रकम हातलागी नहुन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। आफ्नो प्रतिफल हातपार्न केही समय लाग्नेछ। आम्दानीका नयाँ स्रोत भने फेला पर्नेछन्। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। तर आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला।

स्राेतः नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.