Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

अाजकाे राशिफल- वि.सं. २०७५ साल पुस ४ गते (डिसेम्बर १९ तारिख), बुधबार

User Photo बुधबार, पुस ४, २०७५

वि.सं. २०७५ साल पुस ४ गते, बुधबार। इश्वी सन् २०१८ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वादशी, २७:५२ बजेउप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- सामान्य कामलाई निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। साथीभाइको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। व्यापारमा फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। तर विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउन सक्छ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- नैतिक संकटले सताए पनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। तापनि भौतिक साधन जुट्नाले रोकिएका काम पुनः सुरु हुनेछन्। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ, आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

 स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.