Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

आजकाे राशिफल (Today’s Horoscope)- नयाँ मिडिया

User Photo बिहिबार, फाल्गुन ९, २०७५

वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– द्वितीया, १७:१४ बजेउप्रान्त तृतीया।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिउँसोदेखि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सफल भइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। तर पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- बोलीको प्रभावले वादविवाद निम्त्याउने देखिएकाले सजग रहनुपर्ला। निर्णय लिन सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। दिउँसोदेखि आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। तापनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोदेखि हुने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति देखिए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। दिउँसोदेखि अध्यात्म र परोपकारमा मन जानेछ। सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। दिउँसोदेखि भने सानातिना समस्यामा अल्झनुपर्ला। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ भने अवश्यै हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। दिउँसोदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.