Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

आजको राशिफल (Today’s Horoscope)- २०७६ साल वैशाख ८ गते, आइतबार

आजको राशिफल (Today's Horoscope)- २०७६ साल वैशाख ८ गते, आइतबार

User Photo आइतवार, बैशाख ८, २०७६
वि.सं. २०७६ साल वैशाख ८ गते,  आइतबार। इश्वी सन् २०१९ अप्रिल २१ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वितीया, १४:२९ बजेउप्रान्त तृतीया ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)-
काममा चुनौती देखिए पनि व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सानातिना समस्याले अलमल बढी हुनेछ। स्वास्थ्यका कारण चिताएको काम पूर्ण नहुन सक्छ। कमजोर नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपर्ला। मिहिनेतको उपलब्धि कम मात्र प्राप्त हुनेछ। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)-
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)-
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। दिउँसोदेखि परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। प्रतिस्पर्धीले आफ्नो ठाउँ लिने चेष्टा गर्नेछन्। तापनि भौतिक साधन जुटाउन सकिनेछ। मिहिनेत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)-
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)-
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)-
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। प्रतिस्पर्धीहरूले अलि सताउनेछन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)-
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। सोखले पछिसम्म लाभ हुने काम प्रारम्भ गराउनेछ। तर खर्चको मात्रा बढ्न सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)-
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)-
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)-
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)-
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि परिस्थितिको चक्रमा अलमलिनुपर्ला। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ, सजग रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)-
अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।
(नेपाली पात्रो)

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.