Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

आजकाे राशिफल- वि.सं. २०७६ साल जेठ ३ गते (मे १७), शुक्रबार

राशि अनुसार आजकाे तपाइकाे दिन

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ साल जेठ ३ गते, शुक्रबार। इश्वी सन् २०१९ मे १७ तारिख। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– त्रयोदशी, ५:३९ बजेदेखि चतुर्दशी, २८:०७ बजेउप्रान्त पूर्णिमा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने अवस्था पनि आउन सक्छ। खर्च लागे पनि सोख र भोगविलासका वस्तु जुटाउने समय छ। प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने साइत जुर्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- फाइदा हेर्दा नाम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। तर परिस्थितिअनुसार समायोजन हुने प्रयास गर्नुहोला। उपलब्धिको कल्पनाले पनि लक्ष्यमा पुर्याउन सक्छ। प्रयत्न गर्दा सजिलै अरूको विश्वास जित्न सकिनेछ। दिन रमाइलो रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- मौका आए पनि पछिका लागि केही त्याग गर्नुपर्ला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। विवादास्पद जिम्मेवारी आए पनि सुझबुझका साथ अघि बढ्दा बिस्तारै फाइदा हुनेछ। समस्या दर्साउँदा अग्रजहरूले साथ दिनेछन्। शक्तिको धाक देखाउनेहरूलाई समेत आफ्नो वशमा ल्याउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने समय छ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- धेरै खर्च र ठूलो प्रयत्न गर्नुपरे पनि राम्रै उपलब्धि प्राप्त हुनेछ। चुनौती पन्छाउँदै सञ्चय गर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। तापनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नुका साथै मनग्गे लाभ हुनेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। परिवारजनबाट टाढिनुपर्ने पनि स्थितिमा सुधार ल्याउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- सानातिना व्यवहारमै अल्झनुपर्ला। आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि मिहिनेेतले स्थितिमा सुधार आउनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामूहिक तथा लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.