Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

आजकाे राशिफल- वि.सं. २०७६ जेठ १४ (मे २८), मंगलबार

राशि अनुसार आजकाे तपाइकाे दिन

User Photo मङ्लबार, जेष्ठ १४, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ जेठ १४. मंगलबार। इ.स. २०१९ मे २८। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। नवमी, १२:०१ उप्रान्त दशमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ। पछिका लागि भने विभिन्न अवसर फेला पर्नेछन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। व्यापारमा राम्रै लाभांश देखा पर्नेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। खर्चको मात्रा बढ्नेछ। सरसापटमा पनि धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- बिहान अरूका काममा जुट्नुपरे पनि मध्याह्नदेखि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ। तारिफयोग्य काम गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रयत्न गर्दा दिगो योजना प्रारम्भ हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। भाग्यले मिहिनेतको प्रतिफल दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। तापनि परिश्रमले फाइदा दिलाउनेछ। मध्याह्नदेखि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारीका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- व्यावसायिक कामले रमाइलो यात्रा गराउन सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तापनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि आंशिक लाभ उठाउन भने सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- अध्ययनमा पछि परिने भयले सताउनेछ। तापनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि केही समय मौन रहनु बेस होला। परिस्थिति अप्ठ्यारो देखिए पनि बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मध्याह्नदेखि व्यापार–व्यवसायमा लाभ हुनेछ। आँटेको काममा सफलता पाइनेछ। पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- बिहानै खर्चिलो समय देखिएकाले मध्याह्नदेखि नयाँ काम गर्न शुभ हुनेछ। केही खर्च र दौडधुप गर्नुपरे पनि दिन रमाइलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.