Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

आजकाे राशिफल- वि.सं. २०७६ असार १ (जुन १६), आइतबार

User Photo आइतवार, असार १, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ असार १, आइतबार। इ.स. २०१९ जुन १६। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। चतुर्दशी, १४:०३ उप्रान्त पूर्णिमा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- बिहान रमाइलो देखिए पनि दिउँसोतिर अस्वस्थताले काममा जुट्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- बिहानको समय उपलब्धिमूलक रहनेछ। दिउँसो भने सानोतिनो समस्याले अल्झाउन सक्छ। वैधानिक प्रावधानले समस्या निम्त्याउने हुँदा अधिकारका लागि जुट्नुपर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्यमा पुग्न बाधा पर्नेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। तापनि मिहिनेत गर्दा दिगो काम प्रारम्भ हुनेछ। केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- बिहानको काम सन्तोषजनक देखिए पनि दिउँसोतिर अलमल बढ्नेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिवारजन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। अरूको सुझावमा भर नपर्नुहोला। आफन्तको सहयोग लिँदा राम्रो हुनेछ। साझेदारीमा फाइदा हुनेछ तर गोपनीयतामा विशेष ध्यान दिनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- बिहानै उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर दिउँसो भने फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्नेछ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको मिहिनेतले भविष्यमा भने लाभ हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। रचनात्मक काममा जुट्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सेवामूलक कामले प्रतिष्ठा समेत दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। साथीभाइको सहयोगले हौसला प्रदान गर्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। छिमेकमा असमझदारी बढ्ने समस्या देखिएकाले होसियारीसाथ काम लिनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.