Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

आजकाे राशिफल

User Photo शुक्रबार, साउन ३, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ साउन ३। शुक्रबार। इ.स. २०१९ जुलाई १९। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। तृतीया, ३०:४६ उप्रान्त चतुर्थी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। केही विवादास्पद काम गर्नुपरे पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ र प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- अवसरका लागि केही संघर्ष गर्नुपरे पनि नयाँ काममा हात हाल्ने समय छ। बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दिउँसोदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। आम्दानीको केही हिस्सा भने खर्चनुपर्ने अवस्था आउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश सानोतिनो कामले अलमल्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। दिउँसोदेखि स्थितिमा सुधार आउनाले काममा उत्साह जाग्नेछ। परोपकारी कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट सजग रहनुहोला। दिउँसोदेखि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिउँसोदेखि पहिलेका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। प्रतिस्पर्धाको दौडमा अग्रता हासिल हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। प्रतिपक्षीहरूसमेत सहयोगीका रूपमा देखा पर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। प्रयत्न गर्दा दिउँसोदेखि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ पनि हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। दिउँसोदेखि आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि र पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्नाले पछि परिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। दिउँसोदेखि सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन् भने फाइदाको स्रोत पहिल्याउन सकिनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले बढी फाइदा दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- विभिन्न अवसरले पछ्याउनेछन् भने ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने फजुल खर्च पनि बढ्ने सम्भावना छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.