Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

आजकाे राशिफल

User Photo बुधबार, भदौ ४, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ भदौ ४, बुधबार। इ.स. २०१९ अगस्ट २१।ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। षष्ठी, २६:४२ उप्रान्त सप्तमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेममार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्नेछन्। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अवसर प्राप्त गर्न चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुनेछ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले व्यावहारिक समस्या देखा पर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- सुन्दर पहिरन, आकर्षक व्यक्तित्व वा तारिफयोग्य कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। आलोचकहरूबाट सजग रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अस्वस्थताले कमजोर महसुस हुनेछ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। हिस्सेदारसँग असमझदारी बढ्ने हुँदा पहिलेको सम्झौता भंग हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.