Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

आजकाे राशिफल

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ भदौ २७, शुक्रबार। इ.स. २०१९ सेप्टेम्बर १३। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्दशी, ६:३८ उप्रान्त पूर्णिमा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। अरूको मुख ताक्नाले पछि परिनेछ र काम अधुरो रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो हुने देखिन्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेत गर्दा लक्ष्य प्राप्ति हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले अनावश्यक दु:ख दिनेछन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले केही खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। टाढिएका साथीभाइ फेरि पनि नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। हल्लाको पछि लाग्दा लाभांश अरूले हत्याउन सक्छन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउनेछ र दिन उत्साहवर्द्धक रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.