Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

अभिनेत्री ऐश्वर्या रायबारे केहि रहस्य, सलमानको थप्पडदेखि सुभाषसँग सेक्स काण्ड

User Photo
शनिबार, साउन १९, २०७५

‘ब्यूटी विथ ब्रेन’ को उपमा बलिउड अभिनेत्री ऐश्वर्या रायलाई जति कसलाई सुहाउला ? १९९४ की विश्वसुन्दरी अहिले ४४ को उमेरमा हिँडिरहँदा पनि उत्तिकै कल्कलाउँदी लाग्छिन् ।

कमैलाई थाहा हुन सक्छ बलिउड अभिनेत्री ऐश्वर्या रायले आफ्नो करिअरको सुरुवात तमिल फिल्मबाट गरेकी थिइन् । १९९७ मा मणिरत्नम निर्देशित फिल्म ‘इरुवर’ बाट उनले डेब्यू गरेकी हुन् । यो फिल्ममा उनको आवाज अरुले नै डब गरेका थिए ।


advertisement

फिल्ममा आउनुभन्दा अगाडि नै प्रख्यात बनिसकेकी थिइन् ऐश्वर्या । १९९४ मा विश्वसुन्दरी घोषित भएपछि उनको चर्चा उचाईमा पुगेको थियो । उनलाई फिल्मको अफरहरु ओइरिन थालेका थिए ।

ऐश्वर्याले बलिउड डेब्यू भने ‘और प्यार हो गया’ बाट गरिन् । बबी देवलको अपोजिटमा थिइन् उनी । फिल्म फ्लप भयो । त्यसपछि सफल फिल्मका लागि उनले ‘हम दिल दे चुके सनम’ सम्म पर्खिनुपर्‍यो ।

‘हम दिल दे चुके सनम’ भने ऐश्वर्याका लागि टर्निङ प्वाइन्ट बन्यो । फिल्म सुपरहिट हुनुका साथै ऐश्वर्याको अभिनयको पनि प्रशंसा भयो । त्यसपछि उनले सुभाष घईको फिल्म ‘ताल’ बाट बलिउडमा आफ्नो स्थान थप मजबुत बनाइन् ।

ऐश्वर्यालाई भारतकी हाइप्रोफाइल सेलिबि्रटीमा गनिन्छ । बच्चन खानदानकी बुहारी बनेपछि उनको प्रोफाइल अझै बढेको छ । यद्यपि, उनका पति अभिषेक बच्चनको फिल्मी करिअर भने खासै उँभो लाग्न सकेन ।

अभिषेकभन्दा अगाडि ऐश्वर्याको सलमान खान र विवेक ओबरायसित अफेयर थियो । सलमानसँगको प्रेम पछि दुश्मनीमा परिणत भयो । १९९९ मा ऐश्वर्या र सलमानबीच डेट सुरु भएको थियो । तर, २००१ मा उनीहरु अलग भए । त्यतिबेला सलमानले आफूलाई गालीगलौज गरेको र थप्पडसमेत हानेको ऐश्वर्याको आरोप छ ।

पछि उनले करिश्मा कपुरसँग ईंगेजमेन्टसमेत गरिसकेको अभिषेकलाई आफ्नो जीवनसाथी बनाइन् ।

विवाहपछि भने ऐश्वर्याको फिल्मी करिअरमा उथलपुथल आयो । विवाह लगत्तै छोरी पाएपछि उनी लामो समय फिल्मबाट टाढा रहिन् । उनले विवाहअघि नै अभिनय गरेको फिल्म ‘धुम २’ उनको विवाहपछि रिलिज भएको थियो । यो फिल्ममा उनले ऋतिक रोसनसँग हट किस सिन दिएकी थिइन् । ससुरा अमिताभ बच्चन र श्रीमान यसबाट असन्तुष्ट बनेका थिए र यो सिन हटाउन फिल्म निर्मातालाई दवाव दिएका थिए ।

विवाहपछि उनले अभिनय गरेको फिल्म ‘ये दिल है मुश्किल’ पनि यस्तै विवादमा फस्यो । यो फिल्ममा पनि उनले रणवीर कपुरसँग हट सिनहरु दिएकी थिइन् । जसले गर्दा सासु जया बच्चन उनीसँग क्रोधित बनेकी थिइन् । फिल्मको स्त्रिनिङमा बच्चन परिवारका कोही पनि सहभागी भएनन् ।

त्यसो त सासु जयासँग ऐश्वर्याको सम्वन्ध कहिल्यै सुमधुर रहेन । एक समय उनी सासु-ससुरासँग अलग्गिएर बस्न थालेको चर्चासमेत चलेको थियो । विवाहपछि पनि ऐश्वर्याले फिल्म खेलेको जयालाई मन परेको छैन । तर, ससुरा अमिताभले भने ऐश्वर्यालाई साथ दिएका छन् ।

ऐश्वर्याको जन्म कर्नाटकमा भएको थियो । उनका बाबु कृष्णराज समुद्री जिवविज्ञ थिए । उनकी आमा बृन्दा भने गृहणी हुन् । उनका भाई आदित्य इन्जिनियर हुन् ।

ऐश्वर्याको परिवार कर्नाटकबाट मुम्बईमा आयो जहाँ उनले आर्य विद्या मन्दिर हाई स्कुलमा पढिन् । उनले १२ कक्षाको पढाई जय हिन्द कलेजबाट कगरिन् । त्यसपछि डीजी रुपारेल कलेज ज्वाइन गरिन् जहाँ उनले एचएससी परिक्षामा ९० प्रतिशत अंक ल्याएकी थिइन् ।

ऐश्वर्याले अभिनय गरेको फिल्म ‘देवदास’ फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलमा देखाइएको थियो भने यसलाई टाइम म्यागजिनले यस शहस्राब्दीको १० सर्वश्रेष्ठ फिल्ममा राखेको थियो । भारतमा यस फिल्मले १० विधामा फिल्म फेयर पुरस्कार जितेको थियो ।

ऐश्वर्याले आफ्नो करिअरमा कयौं फ्लप फिल्महरु पनि दिएकी छन् । हाल उनको फिल्म फन्ने खाँ प्रदर्शनमा आएको छ । यो फिल्ममा उनको गतिलो भूमिका भने छैन ।

एउटा फिल्मबाट करिब ९-१० करोड पारिश्रमिक लिने ऐश्वर्यासँग अहिले २२ करोड भारुभन्दा बढिको सम्पत्ति भएको अनुमान गरिन्छ ।

१९९६ मा ऐश्वर्याले प्रख्यात म्यागजिन ‘स्टार एन्ड स्टाइल’ विरुद्ध २० करोड भारुको मानहानी मुद्दा हालेकी थिइन् । उक्त म्यागजिनले ऐश्वर्या र अक्षयकुमारलाई एउटा फाइभ स्टार होटलको स्वीमिङ पुलमा आपत्तिजनक अवस्थामा रहेको तस्वीर प्रकाशित गरेको थियो ।

सन् २००५ मा अभिनेता शक्ति कपुरले सुभाष घईको फिल्ममा काम पाउनका लागि ऐश्वर्याले यौन सम्वन्धको सहारा लिएको दावी गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.