Naya Media
मङ्लबार, असार ३, २०८२
| | June 17, 2025
मङ्लबार, असार ३, २०८२
Advertisement

छोरो असल थियो, अरुले बिगारे……..

User Photo
शनिबार, साउन १९, २०७५

सन् २००९ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावर र विश्व व्यापार केन्द्रमा विमान जोताएपछि अमेरिकाको निद हराम गरेका अल कायदाका नेता ओसामा बिन लादेनकी आमाले छोराको बारेमा पहिलो पटक मुख खोलेकी छन् ।

७० वर्ष कटेकी बिन लादेनकी आमा आलिया गनेमले बेलायती चर्चित अखबार गार्डिनका मार्टिन सुलोभसँग आफ्नो छोरा असाध्यै राम्रो बच्चा थियो र आफुले उसले मलाई ज्यादै माया गथ्र्यो भनेकी छन् ।


advertisement

बिन लादेन ३ वर्षको मात्र थिए । त्यही बेला हो उनका अति धनाढ्य बाबु मोहम्मद बिन लादेनसँग आमा गनेमले पारपाचुके गरेको । यो जोडीको एक मात्र सन्तान थिए ओसामा । समग्रमा मोहम्मद बिन लादेनका करीब २० जना श्रीमतीबाट ५३ सन्तान भए ।

ओसामा १० वर्षको हुँदा उनका बाबु मोहम्मदको विमान दुर्घटनामा ज्यान गएको थियो । मोहम्मद सँग पारपाचुके भएपछि, गनेमले मोहम्मद ल अत्ताससँग बिहे गरिन् । अल अत्ताससँगै ओसामा हुर्केक हुन् ।

गनेमा उनको परिवार साउदी अरेबियामा बस्दै आएको छ । गनेमले पहिलो पल्ट मिडियामा बोल्नु र बोल्न पाउनुको कारण पनि छ। हाल साउदी सरकारको नेतृत्व ३२ वर्षे राजकुमार मोहम्मद बिन सलमानले गरेका छन् । उदार छवि बनाउँदै लगेका राजकुमारले स्वीकृति दिएपछि, गनेमले मिडियामा बोल्न पाएकी हुन् ।

गनेमले बोल्न पाउनुको अर्को अर्थ यो पनि छ । बिन लादेनलाई साउदीले सहयोग गरेको आएको आरोप लाग्दै आएको छ । त्यो आरोपको खण्डन गराउन पनि साउदी सरकारले उनलाई बोल्न दिएको हो । कारणः अन्तरवार्ताको क्रममा गनेमसँगै साउदी सरकारका मान्छे पनि बसेका थिए ।

अन्तरवार्ताका क्रममा बिन लादेनकी आमाले, प्यालेष्टिनी प्रशिक्षक अब्दुल्ला अज्जाम सहितका बाहिरियाहरुले आफ्नो छोरो २० वर्षे नाघेपछि, “बे्रन वाश” गरिदिएर कट्टर जिहादी बनाइदिएको र धार्मिक युद्धमा होमिदिएको दाबी समेत गरेकी छन् । लादेनको ब्रेन वाश गरिदिने अज्जाम १९८९ मा पाकिस्तानमा मारिएका थिए । लादेनकी आमा गनेमले आफु सिरियाली अलावाइट हुँ पनि भनेकी छन् । अलाविजम् शिया इस्लाम समूहको एउटा खेमा हो ।

सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण भएको ४८ घण्टा भित्र आफ्नै छोराले आक्रमण गराएको थाहा पाउँदा आफु स्तब्ध भएको र आफुहरु सबै लादेनप्रति लज्जित भएको समेत उनले बताएकी छन् । किनभने, यो घटनाले अब आफुहरुले पनि कठिन चुनौतीको सामना गर्नुपर्छ भन्ने लागेको उनको भनाइ छ ।

सन् २०११ को मे २ मा, पाकिस्तानको अबोटाबादमा अमेरिकी सेनाको नेभी सीलले बिन लादेन मारेपछि, उनका ३ जना श्रीमती बिधवा भए । गनेमले आफ्ना ती तीन बुहारीसँग नियमित सम्पर्कमा रहेको समेत खुलाएकी छन् । लादेनका तीनै जना श्रीमती हाल साउदी अरेबियामा बस्छन् तर उनीहरुलाई साउदी छाड्ने अनुमति छैन ।

ओसामाका दुईजना सौतेनी भाइको वीचमा बसेर अन्तरवार्ता दिएकी गनेमले ओसामाको बारेमा भनेकि छन् : “ऊ लज्जालु स्वभावको थियो र पढाइमा तेज थियो ।” तर २० वर्षको उमेर पछि जेदाहको किङ अब्दुल्ला विश्वविद्यालयमा पढ्न गएपछि ऊ कट्टर भएको र भिन्नै खालको मान्छे भएको पनि उनले खुलाइन् ।

आफुले छोरा ओसामालाई पछिल्लो पल्ट सन् १९९९ मा अफगानिस्तानको कान्दाहारामा देखेको समेत उनले बताइन् । त्यो वर्ष अल कायदाले अफ्रिकास्थित २ वटा अमेरिकी दुताबासमा आक्रमण गर्दा २०० जना भन्दा बढी मारिएका थिए ।

त्यो बेलाका बिन लादेनका प्रमुख अंगरक्षक अबु जण्डालले बताए अनुसार, लादेनलाई आतंकबादी गतिबिधि त्याग्नका लागि मनाउने प्रयास स्वरुप गनेम त्यो वर्ष कान्दाहार पुगेकी थिइन् ।

जण्डालका अनुसार त्यो बेला लादेनले आमालाई राम्रो व्यवहार गरेका थिए तर जिहाद एउटा सिद्धान्त हो, मैले भगवानसँग युद्ध नत्याग्ने कसम खाएको छु भनेर फर्काएका थिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.