Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

User Photo
सोमवार, साउन २१, २०७५

काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।


advertisement

इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । विद्युत आपूर्ति बन्द भएको छ ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् ।

छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ ।

भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएकाे थियाे । तर अहिले त्यस्ताे खतरा नरहेकाे भन्दै फिर्ता लिइएकाे छ ।

प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६.४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियाे ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.