एक बालकलाई बलात्कारपछि हत्या गरेको आरोपमा तीनजनाको गोली हानी हत्यापश्चात् क्रेनमा झुण्ड्याइएको छ ।
यमनको सानामा रहेको पब्लिक स्क्वायरमा तीन पुरुषलाई सार्वजनिक रुपमा गोली हानिएको हो ।
यी तीनजनाले १० वर्षे मोसाद सलेह एल–मोथानाको बलात्कारपछि हत्या गरेका थिए ।
पुलिसले तीनैजनालाई पालैपालो गरी पाँचवटा गोली हानेका थिए जुन उनीहरुको मुटुमा लक्षित गरिएको थियो ।
सबैले देखुन् भन्नका लागि उनीहरुको शवलाई क्रेनमा झुण्ड्याइएको थियो ।
यसअघि २२ वर्षे हुसेन एल–साकेतलाई पाँच वर्षीया बालिकालाई अपहरण, बलात्कार र हत्या गरेको मामलामा सार्वजनिक स्थलमा झुण्ड्याइएको थियो ।