Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

सेल्फी खिच्ने क्रममा हेलिकप्टरको पङ्खा लागेर मृत्यु भएका भारतीय नागरिकलाई उनकै देश पुर्यार्इदै

User Photo
बुधबार, साउन ३०, २०७५

सुर्खेत । मानसरोवर जानका लागि हुम्ला सदरमुकामबाट हिल्साका लागि उडेको मनाङ्ग एयरको कल साइन ९ एन-एमभी हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।

हिल्सामा हेलिकप्टर अवतरण गरेपछि बाहिर निस्केर सेल्फी खिच्ने क्रममा भारतीय तीर्थयात्री नगेन्द्र कुमार कार्तिक मेहेताको हेलिकप्टरको पङ्खाले काट्दा घटनास्थलमै निधन भएको थियो । महाराष्ट्रको मुम्बइ घर भएको मेहेताको पासपोर्ट नम्वर जेड ३३८५२८५ रहेको छ ।


advertisement

उनि ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको हो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षण गर्न थालिएको बताए । शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौँ हुँदै भारत लगिने तयारी गरिएको छ ।

सेल्फी खिच्ने क्रममा पङ्खा लागेर मेहताको टाउको क्षतविक्षेत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त मुम्बईको एक्स्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए ।

हेलिकप्टरबाट बाहिर निस्किदा पङ्खा केहिबेर घुमि रहेको अवस्थामा अगाडि पट्टिको भागबाट जानलाई सहायकहरूले जानकारी गराउँदा गराउँदै सेल्फी खिच्न गएका उनले सावधानी अपनाउन नसक्दा तीर्थयात्रुको दुर्घटनामा परि दु:खद निधन भएको हो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.