भारतमा पेट्रोल ९० रुपयामाथि

भारतमा पेट्रोल र डिजेलको भाउ बढ्ने क्रम जारी छ । बिहीवार तेल कम्पनीहरुले पेट्रोलको भाउ प्रतिलिटर १४ पैसा बढाएका छन् । राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर ८३ रुपया पुगेको छ । अघिल्लो दिन भने पेट्रोलको भाउ ८२ रुपया ८६ पैसा थियो । मङ्गलवार मूल्य बढाएपछि बुधवार भने पेट्रोलियम पदार्थको भाउ बढाइएको थिएन ।

डिजेलको भने बिहीवार मूल्य बढाइएको छैन । यो दिल्लीमा प्रतिलिटर ७४ रुपया १२ पैसामा किनबेच भइरहेको छ । मुम्बईमा भने यो दर ७८ रुपया ६९ पैसा रहेको छ । अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध नोभेम्बर ४ देखि शुरु हुँदैछ । प्रतिबन्धबाट बच्न अहिले नै कम्पनीहरुले इरानी तेल खरीद घटाइरहेका छन् ।

प्रतिबन्ध पूर्ण रुपमा लागू भएपछि बजारमा इरानी तेल आपूर्ति घट्ने चिन्तामा पछिल्ला केही दिनयता अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेको छ । हालैका दिनमा अन्तरराष्ट्रिय बजारमा तेलको भाउ प्रतिब्यारेल ८२ डलर आसपास रहेको छ । यसैका कारण भारतमा पनि पेट्रोलियम पदार्थको भाउ दिनँहु बढिरहेको छ ।

सन् २०१८ शुरुभए यता सरकारी तेल कम्पनीहरुले पेट्रोलको भाउ १३ रुपया ३ पैसा बढाएका छन् । जनवरी १ मा दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर ६९ रुपया ९७ पैसा रहेको थियो । डिजेलको भाउ पनि सो अवधिमा १४ रुपया ४२ पैसा बढेको छ । वर्षको पहिलो दिन दिल्लीमा डिजेल प्रतिलिटर ५९ रुपया ७० पैसामा बेचिएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, अशोज ११, २०७५ (September 27, 2018, 2:56 pm) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै