Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक, दुई चरणमा खेल हुने

User Photo
मङ्लबार, माघ १५, २०७५

काठमाडौं । २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार विश्वकप दुई चरणमा हुने छ । पहिलो चरण र सुपर १२ गरी दुई चरणमा विश्वकप हुने आईसीसीले जनाएको छ ।


advertisement

विश्वकप अष्ट्रेलियामा सन् २०२० अक्टोबर १८ देखि नोभेम्बर १५ तारिखसम्म करिब एक महिना चल्ने छ ।

विश्वकप अन्गर्तत पहिलो चरणको खेल १८ अक्टोबर २०२० देखि २३ अक्टोबरसम्म चल्नेछ ।

विश्वकप अन्गर्तत पहिलो चरणको खेल १८ अक्टोबर २०२० देखि २३ अक्टोबरसम्म चल्नेछ । पहिलो चरणको पहिलो खेलमा श्रीलंकाले विश्वकपमा छनोट भएर आएको टिमसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोट २०२० मै हुदैछ । यहाँबाट छनोट भएर ६ राष्ट्रले विश्वकप खेल्ने छन् ।

त्यस्तै, विश्वकपको सुपर १२ अक्टोबर २४ देखि सुरु हुदैछ । सुपर १२ को पहिलो खेलमा आयोजक अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, यही दिन भारतले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको सेमिफाइनल खेल नोभेम्बर ११ र १२ मा हुनेछ । सेमिफाइनलको पहिलो खेल सिड्नी क्रिकेट मैदानमा हुनेछ भने दोस्रो सेमिफाइनल एडेलाइड ओभलमा हुनेछ ।

विश्वकपको फाइनल खेल भने नोभेम्बर १५ तारिखमा मेलबर्न क्रिकेट मैदानमा हुनेछ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.