Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

पाकिस्तानमा बम खसालेकाे भारतीय लडाकु विमानका पाइटललाई राहुल गान्धीले गरे सलाम

User Photo मङ्लबार, फाल्गुन १४, २०७५

काठमाडौं । भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै बम खसालेको छ ।

विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो । वायुसेना सुत्रले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि पाकिस्तानी सेनाले भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर पाकिस्तानी सेनामा घुसपैठ गर्न खोजेको बताएको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीट गरेका छन्, ‘भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गर्‍यो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारवाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । यसमा कुनै मानवीय वा भौतिक क्षति भएन ।’

भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् । भारतले यसबारे केही बोलेको छैन ।

विपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने वायुसेनालाई बधाई दिएका छन् । उनले ट्विट गरेका छन्, ‘म भारतीय वायुसेनाका पाइलटहरुलाई सलाम गर्छु ।’

गत १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणबाट ४६ भारतीय सैनिक मारिएका थिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको आरोप भारतले लगाइरहेको छ । यसले गर्दा दुई देशबीचको सम्वन्धमा तनाव उत्पन्न भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.