Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

पाकिस्तानमा बम खसालेकाे भारतीय लडाकु विमानका पाइटललाई राहुल गान्धीले गरे सलाम

User Photo
मङ्लबार, फाल्गुन १४, २०७५

काठमाडौं । भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै बम खसालेको छ ।

विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो । वायुसेना सुत्रले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ ।


advertisement

यसअघि पाकिस्तानी सेनाले भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर पाकिस्तानी सेनामा घुसपैठ गर्न खोजेको बताएको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीट गरेका छन्, ‘भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गर्‍यो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारवाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । यसमा कुनै मानवीय वा भौतिक क्षति भएन ।’

भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् । भारतले यसबारे केही बोलेको छैन ।

विपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने वायुसेनालाई बधाई दिएका छन् । उनले ट्विट गरेका छन्, ‘म भारतीय वायुसेनाका पाइलटहरुलाई सलाम गर्छु ।’

गत १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणबाट ४६ भारतीय सैनिक मारिएका थिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको आरोप भारतले लगाइरहेको छ । यसले गर्दा दुई देशबीचको सम्वन्धमा तनाव उत्पन्न भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.