Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

महिलाका श्रीमानले आपत्तिजनक अवस्थामा भेटेपछी पाँच तलाबाट हाम फाल्दा गयाे एक पुरूषकाे ज्यान

नसा काट्ने कोसिस गरिरहेकी महिलालाई दुई पुरुष मिलेर रोके

User Photo बिहिबार, जेष्ठ २, २०७६
काठमाण्डाै ।

एक भवनको पाँचौं तल्लाबाट हाम फालेका कारण एक व्यक्तिको मृत्यु भयाे । तर हाम फाल्नुकाे कारण भने अचम्मकाे थियाे । पुलिसलाइ प्राप्त जानकारी अनुसार ती व्यक्तिको त्यही भवनमा बस्ने महिलासँग अनैतिक सम्बन्ध थियो । महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए । मामला बढेसँगै उनी भवनको पाँचौं तल्लाबाट हाम फाले जसका कारण उनको मृत्यु भयो ।

याे घटना दक्षिणी दिल्लीको टिगरी इलाकाको हाे । पुलिसका अनुसार जेजे कोलोनी निवासी पंकजको एक महिलासँग अवैध सम्बन्ध थियो । घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटे ।

पुलिसका अनुसार घरको ढोका भित्रबाट बन्द थिएन त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरिन् ।

नसा काट्ने कोसिस गरिरहेकी महिलालाई दुई पुरुषले रोके । यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे । पुलिसले तीनै जनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको जानकारी दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.