वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विदेश विभाग अन्तर्गत कतारमा एघार सदस्यीय समिती गठन भएको छ । नव निर्मित ११ सदस्यीय समितीको सदस्यहरुमा याम रसाइली (पर्वत), गणेश हिङ्माङ (सिन्धुपल्चोक), सन्त ब. दर्जी (मोरङ), प्रमोद ठोकर (दोलखा), सोम नेपाली (चितवन), कर्ण बिक (सुर्खेत), अशोक लामा (रसुवा), अर्जुन हिङ्माङ (सिन्धुपाल्चोक), राजेन्द्र बिक (लमजुङ) र दिपक परियार (बाग्लुङ) रहेका छन ।
वैदेशिक राेजगारीकाे शिलशिलामा, अध्ययन-अनुसन्धान तथा विभिन्न पेशा, व्यवसायका लागी कतार पुगेकाका नेपालीहरुको साझा हकहितका निम्ति काम गर्ने तथा कतारमा रहेका नेपाली तथा विदेशी शुभचिन्तकहरुसँग पनि समझदारी गरी नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान दिने उद्देश्यसहित समिती गठन भएको समितीले बताएकाे छ ।
प्रगातिशील नेपाली समाज, कतार नाम दिईएको उक्त समिती कतारको दोहामा २०१९ मे १० मा भूपाल सम्पाङको संयोजकत्व बसेको बैठकबाट चयन गरिएको हो ।
सम्पुर्ण कतारमा रहेका नेपालीहरुलाई एकिकृत हुन समेत समितीले आह्वान गरेको छ । साथै संगठन संग आवद्ध भै तथा अप्रत्यक्ष रुपमा सहयोग तथा हातेमालो गर्न चाहाने सम्पुर्ण नेपालीलाई प्रगतिशील नेपाली समाज, कतारको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सकिने पनि समितीले जानकारी दिएको छ ।
