Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

सगरमाथाकाे चुचुराेमा ‘हस्तमैथुन’ गरिरहेकाे तस्विर ११ बर्ष पुरानाे भए पनि कारवाही गर्ने तयारी

छिटै प्रेस विज्ञप्ति जारी गर्दै पर्यटन मन्त्रालय

User Photo आइतवार, जेष्ठ १२, २०७६
काठमाण्डाै ।

एक विदेशी युवकले सगरमाथाकाे चुचुराेमा ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ । तर जहिलेकाे भएपनि यस्ता अस्लित हर्कत गर्नेलाइ र उक्साउने जाेकाेही भएपनि कारवाही हुने पर्यटन मन्त्रालयले बताएकाे छ ।

सामाजिक सञ्जालमा २०१९ को यही सिजनमा गरिएकाे भनी चर्चित बनिरहेकाे उक्त फाेटाे पर्यटन विभागले सन् २००८ मा खिचिएको पाइएको जानकारी दिएकाेछ । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।

तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ । त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.