Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदै

User Photo बुधबार, जेष्ठ २९, २०७६
काठमाण्डाै ।

विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ ।

पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले दोस्रो खेलमा भने आयोजक इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको थियो । तर श्रीलंकाविरुद्धका खेल भने वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो ।

इंग्ल्यान्डमाथि सनशनीपूर्ण जित निकालेको पाकिस्तान अष्ट्रेलियामाथि पनि त्यस्तै जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । तर आफ्नो तेस्रो खेलमा भने भारतसँग पराजित भएको थियो ।

विश्वकपको सेमिफाइनल यात्रालाई बलियो बनाउनका लागि पनि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

अष्ट्रेलिया टिम- आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मिचेल मार्स र एडम जाम्पा ।

पाकिस्तान टिम- सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.