Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

गुजरातमा खतरनाक समुन्द्री आँधी आउने चेतावनी, रेल र हवाई सेवा समेत बन्द

User Photo बिहिबार, जेष्ठ ३०, २०७६
काठमाण्डाै ।

भारतकाे गुजरात राज्यकाे तटीय क्षेत्रमा खतरनाक समुन्द्री आँधी आउने चेतावनीसँगै त्यहाँका ३ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बिबिसीले हिन्दीले जनाएकाे छ ।

‘वायु’ नाम दिइएकाे साे चक्रवात आज बिहीबार नै गुजरातकाे तटीय क्षेत्रमा ठाेक्किने भारतीय मौसम विभागले जनाएकाे छ । अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको विभागकाे भनाइ छ ।

मौसम विभागले गम्भीर श्रेणीमा राखेको यस चक्रवातले गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा प्रभाव पार्ने जनाइएकाे छ । यतिबेला ती स्थानहरुमा भारी वर्षा र तीब्र हावाको प्रकोप देखिइसकको छ ।

आँधीबाट हुने सम्भावित नोक्सानीलाई रोक्न तथा उद्धार कार्यका लागि वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ भने पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । साथै गुजरातका १० जिल्लामा बिहीबार र शुक्रबारसम्मका लागि सबै स्कुलहरु बन्द गरिएकाे छ ।

त्यहाँकाे रेला सेवालाई पनि बन्द गरिएको जनाइएकाे छ । साथै पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । भारतकाे केन्द्र सरकारले समेत साे सम्भावित घटनाप्रति निरन्तर नजर लगाइरहेकाे र स्थानीय राज्य सरकारले पूरै सचेतना अपनाइरहेकाे अधिकारीहरुले जनाएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.