Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

आतंकवादीसँगको मुठभेडमा उनको मृत्यु भएकाे हाे

User Photo बिहिबार, पुस १७, २०७६
काठमाण्डाै ।

भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बुधबार आतंकवादीहरुसँगको मुठभेडमा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ वर्षको पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । अर्जुनसँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि मृत्यु भएको छ ।

गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए । भारतीय सेनाले अर्जुनका परिवारलाई घटनाबारे जानकारी दिइसकेको बताइएको छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ । नेपाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने जनाइएको छ ।

बुधबार जम्मु–कश्मीरको राजौरी जिल्लाको नौशहरामा आतंकवादी र सुरक्षाकर्मीबीच मुठभेड भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.