Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

अनुसन्धान भन्छ्- मृत्यु भएका व्यक्तिकाे वीर्य बाट पनि गर्भधारण हुन सक्छ

रुढिवादी विचारलाई चुनौती

User Photo बिहिबार, माघ ९, २०७६
काठमाण्डाै ।

कुनै पनि व्यक्तिको मृत्यु भएको ४८ घण्टासम्म उसको वीर्यलाई गर्भधारणका लागि प्रयोग गर्न सकिने र त्यसमार्फत् स्वस्थ बच्चा जन्मन सक्ने वैज्ञानिकको एक समूहले दाबी गरेका छन् ।

यो अध्ययन जर्नल अफ मेडिकल एथिक्समा प्रकाशित भएको छ जसमा व्यक्तिको मृत्यु पछि उसको शुक्रकिटलाई वीर्य बैंकमा जम्मा पनि गर्न सकिने दाबी गरिएको छ ।

अनुसन्धाताले यो विधिलाई मानिसहरुले नैतिक रुपमा स्विकार गर्नुपर्ने बताएका छन् । यसो गरेमात्रै वीर्य बैंकमा जम्मा भएको शुक्रकिटको मात्रा बढाउन सकिने उनीहरुको दाबी छ ।

अध्ययनमा पुरुषलाई मृत्युपर्यन्त शुक्रकिट दान गर्ने अनुमती पनि दिनुपर्ने उल्लेख गरिएको छ । यो अध्ययन ती देशका लागि निकै महत्वपूर्ण मानिँदै छ जहाँ वीर्य दानसँग जोडिएका कानून कडा भएका कारण वीर्य बैंकमा शुक्रकिटको मात्रा घट्दो छ ।

वैज्ञानिकका अनुसार मृत्यु भएको ४८ घण्टाभित्र दुई तरिकाले शवबाट शुक्रकिट निकाल्न सकिन्छ जसमध्ये शल्यक्रियामार्फत् शुक्रकिट निकाल्नु पनि एक हो । पछि यसलाई फ्रिजमा जोगाएर पनि राख्न सकिन्छ ।

याे अध्ययनमा ब्रिटेनको लेस्टर युनिभर्सिटीका डाक्टर नाथन हडसन र म्यान्चेस्टरस्थित एक सरकारी अस्पतालका डाक्टर जोशुआ पार्करले शुक्रकिटलाई यसरी जम्मा गरिने विधिलाई अंगदानलाई बुझ्नुपर्ने बताएका छन् ।

उनी भन्छन्, ‘रोगसँग लडिरहेका कुनै व्यक्तिको पीडा कम गर्नका लागि जीवन रक्षक प्रत्यारोपण गराउन वा आफ्नो अंग दान गर्न सकिन्छ र यो नैतिक रुपमा स्विकार्य छ भने बाँझोपनसँग जुधिरहेका कुनै परिवारलाई मद्दत गर्नका लागि किन यस्तो प्रकारको दान गर्न सकिँदैन ?’

यद्यपि, यी दुबैले यसमा केही चिन्ताको विषयसमेत भएको मान्यता राख्छन् । जस्तै कि दानकर्तासँग गरिएको सहमती के होला, परिवारको अनुमती कसरी लिने र शुक्रकिटदाताको पहिचान कसरी गोप्य राख्नेजस्ता प्रश्न उठ्न सक्छन् ।

यसबारे बीबीसीले शुक्रकिट दान गर्ने केही व्यक्तिसँग पनि कुराकानी गरेको छ ।

लण्डनमा बस्ने जेफरी इन्गोल्ड नामका वीर्यदाता भन्छन्, ‘मलाई लाग्छ कि यो भएको खण्डमा अझै धेरै पुरुषले वीर्य दानबारे विचार गर्नेछन् ।’

उनी भन्छन्, ‘वीर्य दानलाई अंग दानको संज्ञा दिइन थाल्यो भने यसमा कुनै आपत्ति छैन ।’

रुढिवादी विचारलाई चुनौतीः

जेफरी भन्छन्, ‘वीर्य दान गर्दा मैले कहिले आफ्नो वंश फैलाउने उद्देश्य राखिनँ । यसमार्फत् कुनै न कुनै परिवारको मद्दत भइरहेको म सोच्ने गर्छु ।’

एक अर्का वीर्य दाताले आफ्नो पहिचान गोप्य राख्दै भनेका छन्, ‘मलाई लाग्छ कि यस्तो प्रक्रिया सुरु हुँदा योसँग जोडिएको कलंकलाई चुनौती हुनेछ । मानिसहरुको पूर्वधारणायुक्त विचार परिवर्तन हुनेछ ।’

उनी भन्छन्, ‘यदि मानिसहरुलाई यसबारे थप जानकारी भए, मानिसहरु यसबारे खुलेर कुराकानी गर्न थाले यसबारे अझ राम्रो निर्णय गर्न पाउनेछन् । मलाई लाग्छ कि यसले वीर्य दान गर्नेहरुको संख्या वृद्धि हुनेछ ।’

तर शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एलन पेसीका अनुसार मृत्युपछि शुक्रकिट लिने प्रक्रिया स्पर्म डोनेशनको दुनियाँमा एक कदम पछि हट्नुजस्तो कुरा हुनेछ ।

उनी भन्छन्, ‘हामीले आफ्नो शक्ति नौजवान, ऊर्जावान, स्वस्थ र स्वेच्छाले शुक्रकिट दान गर्न चाहने व्यक्तिलाई खोज्न खर्च गर्नुपर्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.