Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोना भाइरस फैलिदै गएकाे भन्दै डब्लूएचओ द्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेकाे छ

User Photo शुक्रबार, माघ १७, २०७६
काठमाण्डाै ।

चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो,’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानाेमले भने ।

बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ । यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलनसक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । चीनसहित विश्वका अन्य १८ देशमा पनि यसका बिरामी भेटिएका छन् । चीनको वुहान सहरको यात्रा गर्नेहरुमा यो भाइरस फेला परेको छ । यद्यपि, चीनबाहिर ९८ जनामा यस्तो संक्रमण भेटिए पनि मृत्यु भने भएको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.