Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मेयरकाे मृत्यु, एक दिनमै मर्नेकाे संख्या ३ सय ६८

थप ३ हजार ५ सय ९० जनामा संक्रमण

User Photo सोमवार, चैत्र ३, २०७६
काठमाण्डाै ।

उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु इटालीका सञ्चारमाध्यमले जनाएका छन् । चेने कोभिड–१९ प्रभावित इटालीको लम्बर्डी क्षेत्रमा पर्दछ ।

यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा आइतबार थप ११३ जनाको मृत्यु भएको छ भने थप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ ।
यु
रोपेली मुलुक स्पेन र फ्रान्समा पनि कोभिड–१९ को संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ९६ जनाको मृत्यु भएको छ भने फ्रान्समा ३६ जनाको मृत्यु भएको छ । स्पेनमा थप एक हजार ४ सय ५४ जनामा संक्रमण देखिँदा फ्रान्समा थप ९ सय २४ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म स्पेनमा २९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ हजार ८ सयय ४५ पुगेको छ । त्यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय २३ पुगेको छ ।

त्यस्तै जर्मनीमा आइतबार मात्रै थपप एक हजार २सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा

बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जम्मा ६ सय ८२ को मृत्यु भएको छ भने थप १२ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ ।

सोमबार बिहानसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । त्यस्तै एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.