Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

पाकिस्तानमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै

User Photo बिहिबार, चैत्र ६, २०७६
काठमाण्डाै ।

पाकिस्तानमा कोरोना भाइरसबाट फैलिएको संक्रमण कोभिड–१९ का कारण दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका अर्का व्यक्ति गरी दुईकाे मृत्यु भएको हो । प्रान्तका वित्त तथा स्वास्थ्यमन्त्री तैमुर खान झगडाले यसबारे पुष्टि गरेका छन् ।

३६ वर्षका ती व्यक्ति भर्खरै दुबईबाट फर्किएको मन्त्रीले जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ ।

पाकिस्तानको राजधानी इस्लामाबाद, पंजाब, सिन्ध, खैबर पख्तूनख्वा र पाकिस्तान प्रशासित कश्मीरमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।

यस्तै, पाकिस्तान प्रशासित कश्मीरमा एक व्यक्तिसमेत संक्रमित भएको पुष्टि भएको छ ।

यसैगरी पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कोरोना भाइरसका ३ सय जना संक्रमित उपचार गराइरहेका छन् जसमध्ये २ जनाको मृत्यु भइसकेको छ भने २ जना ठिक भएर घर फर्किएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.