जनावरमा काेराेना

जीवजन्तुमा पनि संक्रमण- बाघमा काेराेना संक्रमण पुष्टी

सोमवार, चैत्र २४, २०७६, काठमाण्डाै । 

विश्‍वभर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो।

लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ। पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्। ती जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र सास फेर्न सकस भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ।

‘ठूला जनावरहरुमा संक्रमणले कस्तो असर गर्छ भन्‍ने थाहा भएको छ, हामीले संक्रमित जनावरमाथि निरन्तर निगरानी गरेका छौं। पूर्ण रुपमा निको पार्न प्रयास गरिरहेका छौं’, चिडियाखानाको विज्ञप्तिमा उल्लेख छ। कोरोना भाइरस संक्रमण फैलिएपछि गत मार्च १६ तारिखदेखि ब्रोङ्कस चिडियाघर बन्द गरिएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै