विश्व स्वास्थ्य संगठनलाई ट्रम्फकाे धम्की, डब्लूएचओलाई दिने पैसा रोक्ने चेतावनी

डब्लूएचओले कोरोनाबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा
बुधबार, चैत्र २६, २०७६, काठमाण्डाै । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो बताएका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई धम्की दिँदै भने, ‘अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि रोक लगाउँदैछ ।’ यद्यपि, त्यसको थोरै बेरपछि आफ्नो बयान फेर्दै भने, ‘मैले यस्तो गर्छु कहाँ भनेँ र ?’

अमेरिकामा कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले यो महामारीले अमेरिकामा जातीय भेदभाव बढाएको बताएका छन् । केही राज्य र शहरको डाटामार्फत् यसले अफ्रिकी-अमेरिकीलाई बढी प्रभावित पारेको बताएका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै