विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १५ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितकाे संख्या १५ लाख १७ हजार ९५ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र मात्रै ८४ हजार नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये ३ लाख २९ हजार ९५५ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले १० लाख ९९ हजार ६९९ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ४८ हजार ७८ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण ८८ हजार ४४१ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ४ लाख ३० हजार ९०२ पुगेकाे छ । आइबार मात्रै अमेरिकामा ३० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २२ हजार ३५६ जना भने पूर्णरूपमा निकाे भएका छन् । अमेरिकामा अहिले ३ लाख ९३ हजार ७८० जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ९ हजार २६५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
अमेरिकापछि स्पेन, इटाली, जर्मनी र फ्रान्समा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ४८ हजार २२० जना काेराेना संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ मात्रै ६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४८ हजार २१ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले स्पेनमा ८५ हजार ४०७ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ७ हजारकाे अवस्था गम्भीर रहेको छ ।
इटालीमा अहिलेसम्म १ लाख ३९ हजार ४२२ काेराेना संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ ३ हजार ८३६ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २६ हजार ४९१ जना भने पूर्णरूपमा निकाे भइरसकेका छन् । अहिले इटालीमा ९५ हजार २६२ जनामा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये ३ हजार ६९३ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख १३ हजार नाघेकाे छ । तीमध्ये ४६ हजार ३ सय जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६४ हजार ६४७ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ५ हजार जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
काेराेना बढी संक्रमण हुने अर्काे देश हाे फ्रान्स । फ्रान्समा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख १३ हजार पुगेकाे छ । तीमध्ये २१ हजार २५४ जना भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८० हजार ८२७ जनामा काेराेना सक्रिय रहेकाे छ । ७ हजार १४८ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
चीनमा भने अहिले १ हजार १९० जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८१ हजार ८०२ जना संक्रमित भएपनि करिब ७७ हजार २७९ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
सबैभन्दा बढी मृत्यु हुनेमा इटाली
काेराेना संक्रमित सबैभन्दा बढी अमेरिकामा भएपनि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन अनि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ५४२ जनाको मृत्यु भएको छ ।
स्पेनमा अहिलेसम्म काेराेनाका कारण १४ हजार ७९२ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७४७ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
त्यस्तै अमेरिकामा भने अहिलेसम्म काेराेनाबाट १४ हजार ७६६ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र त्यहाँ १ हजार ९२५ जानकाे मृत्यु भएकाे छ ।
फ्रान्समा काेराेनाका कारण अहिलेसम्म १० हजार ८६९ जनाकाे मृत्यु भएकाे छ । बुधबार मात्रै त्यहाँ ५४१ जनाकाे मृत्यु भएकाे छ । बेलायतमा पनि काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ७ हजार नाघेकाे छ ।
जर्मनीमा अहिलेसम्म २ हजार ३४९ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । चीनमा भने अहिलेसम्म ३ हजार ३३३ जनाकाे मृत्यु भएकाे छ । अरू देशमा दिनहुँ मृत्यु हुनेकाे संख्या बढ्दै गइरहेकाे छ भने चीनमा भने दिनुहँ मृत्यु हुनेकाे संख्या एकदमै न्युन रहेकाे छ ।
