Naya Media
बिहिबार, साउन ७, २०८३
| | July 22, 2026
बिहिबार, साउन ७, २०८३

कोरोनाबाट एकैदिन धेरै मृत्यु हुनेमा अमेरिका

संक्रमित नेपालीको संख्या दिनहुँ बढ्दै

User Photo शनिबार, चैत्र २९, २०७६
काठमाण्डाै ।

अमेरिका। कोरोना भाइरसको नयाँ इपीसेन्टर बनेको अमेरिकामा संक्रमित संगै मृतकको संख्या पनि दिनहुँ बढ्दो छ । जोन हप्किन्स यूर्निभसिटीको तथ्याङकअनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख ३ हजार पुगेको छ भने मृतकको संख्या १८ हजार ६ सय नाधेको छ।

अमेरिकामा शुक्रबार मात्रै करिब ३४ हजार नयाँ संक्रमित थपिए भने २ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभरको रेकर्डलाई हेर्दा अमेरिकामा कोरोना भाइरसका कारण दैनिक जटिल बन्दै गइरहेको छ। कोरोना भाइरसका कारण एकैदिन २ हजार भन्दा धेरैको मृत्यु हुने मुलुको रेकर्ड पनि अमेरिकाको नाममा दर्ज भएको छ । जोन हप्किन्स यूर्निभसिटीको आँकडा अनुसार २१२४ जनाले ज्यान गुमाएका छन्।

अमेरिकी सरकारले अत्यावश्यक बाहेकका पसल तथा कार्यलयहरु बन्द गर्नुभन्ने आदेश दिएको भएपनि मानिसहरु खुलमखुल्ला हिडँडुल गरिरहेका कारणले पनि यहाँ संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दै गएको हो।

यो समाचार तयार पार्दासम्म अमेरिकाको धेरै जनसंख्या भएको राज्य न्यूयोर्कमा संक्रमितको संख्या १ लाख ७४ हजार नाधेको छ भने मृतकको संख्या ७ हजार ८ सय ८४ पुगेको । यस्तै न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सीमा संक्रमितको संख्या आधा लाख नाघिसकेको छ भने मृतकको संख्या २ हजार पुग्न लागेको छ।

अमेरिकाका सबै राज्यमा संक्रमित र मृतकको संख्या बढ्दै गएको देखिन्छ । यसरी संक्रमित र मृतकको संख्या बढदै गएको भएपनि सरकारले रोकथामका लागि देश पूरै लकडाउन गर्ने लगायतका निर्णय लिने पक्षमा देखिँदैन्।

अमेरिकामा संक्रमित गैरआवासीय नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दै गएको छ । हालसम्म संक्रमण पुष्टि भएरै तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनाको रिर्पोट आउन बाँकी रहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.