कोरोनाबाट एकैदिन धेरै मृत्यु हुनेमा अमेरिका

संक्रमित नेपालीको संख्या दिनहुँ बढ्दै
शनिबार, चैत्र २९, २०७६, काठमाण्डाै । 

अमेरिका। कोरोना भाइरसको नयाँ इपीसेन्टर बनेको अमेरिकामा संक्रमित संगै मृतकको संख्या पनि दिनहुँ बढ्दो छ । जोन हप्किन्स यूर्निभसिटीको तथ्याङकअनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख ३ हजार पुगेको छ भने मृतकको संख्या १८ हजार ६ सय नाधेको छ।

अमेरिकामा शुक्रबार मात्रै करिब ३४ हजार नयाँ संक्रमित थपिए भने २ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभरको रेकर्डलाई हेर्दा अमेरिकामा कोरोना भाइरसका कारण दैनिक जटिल बन्दै गइरहेको छ। कोरोना भाइरसका कारण एकैदिन २ हजार भन्दा धेरैको मृत्यु हुने मुलुको रेकर्ड पनि अमेरिकाको नाममा दर्ज भएको छ । जोन हप्किन्स यूर्निभसिटीको आँकडा अनुसार २१२४ जनाले ज्यान गुमाएका छन्।

अमेरिकी सरकारले अत्यावश्यक बाहेकका पसल तथा कार्यलयहरु बन्द गर्नुभन्ने आदेश दिएको भएपनि मानिसहरु खुलमखुल्ला हिडँडुल गरिरहेका कारणले पनि यहाँ संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दै गएको हो।

यो समाचार तयार पार्दासम्म अमेरिकाको धेरै जनसंख्या भएको राज्य न्यूयोर्कमा संक्रमितको संख्या १ लाख ७४ हजार नाधेको छ भने मृतकको संख्या ७ हजार ८ सय ८४ पुगेको । यस्तै न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सीमा संक्रमितको संख्या आधा लाख नाघिसकेको छ भने मृतकको संख्या २ हजार पुग्न लागेको छ।

अमेरिकाका सबै राज्यमा संक्रमित र मृतकको संख्या बढ्दै गएको देखिन्छ । यसरी संक्रमित र मृतकको संख्या बढदै गएको भएपनि सरकारले रोकथामका लागि देश पूरै लकडाउन गर्ने लगायतका निर्णय लिने पक्षमा देखिँदैन्।

अमेरिकामा संक्रमित गैरआवासीय नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दै गएको छ । हालसम्म संक्रमण पुष्टि भएरै तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनाको रिर्पोट आउन बाँकी रहेको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै