Naya Media
सोमवार, साउन ११, २०८३
| | July 26, 2026
सोमवार, साउन ११, २०८३

पछिल्लो २४ घण्टामा ४० को मृत्यु भए संगै भारतमा मृत्युहुनेकाे संख्या दुई सय ३९ पुग्याे

संक्रमितको संख्या सात हजार चार सय ४७

User Photo शनिबार, चैत्र २९, २०७६
काठमाण्डाै ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार अहिले भारतमा समग्र संक्रमितको संख्या पनि सात हजार चार सय ४७ पुगेको छ । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् ।

महाराष्ट्रमा एक हजार पाँच सय ७४ संक्रमित देखिएका छन् । त्यस्तै तामिलनाडुमा नौ सय ११ र दिल्लीमा संक्रमितको संख्या नौ सय तीन पुगेको छ । अहिलेसम्म भारतमा छ सय ४२ संक्रमित निको भएर घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.