Naya Media
आइतवार, असार २८, २०८३
| | July 12, 2026
आइतवार, असार २८, २०८३

चौतर्फी दबाब परेपछि भारतीय सुरक्षाकर्मीले नेपालीलाई फिर्ता पठाइयो

नेपाल छिरेकालाई क्वारेन्टाइनमा

User Photo शनिबार, बैशाख ६, २०७७
काठमाण्डाै ।

भारतीय सुरक्षाकर्मीले बिहीबार राति सीमा क्षेत्रमा छाडेका १ सय २३ नेपालीमध्ये शुक्रबार बेलुकीसम्म ९१ जनालाई फेरि भारत फर्काइएको छ ।

बिहीबार राति भारतमै क्वारेन्टाइनमा बस्दै आएका उनीहरूलाई कन्हौली नाकास्थित दशगजा क्षेत्र लखनदेही खोला नजिकै ट्रकमा ल्याएर छाडिदिएका थिए । तीमध्ये ९१ जनालाई भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी शुक्रबार बेलुकी पुनः भारततर्फ नै फर्काइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए ।

जीसीका अनुसार नेपाली सुरक्षा निकायसँग समन्वय नै नगरी भारतले उनीहरूलाई सीमामा ल्याएर छाडेको हो । ‘दुई देशबीच भएको सहमति मान्नैपर्छ तर भारतका सुरक्षाकर्मीले राति हामीलाई जानकारी नै नगराई १ सय २३ नेपालीलाई सीमामा छाडेको थियो,’ उनले भने, ‘सहमति पालना गराउन एक दिन नै लाग्यो । सीमामा छाडेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने गरी लगेका छन् ।’

सीमामा ल्याएर छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर आइपुगेका छन् । ९१ जनालाई नेपालतर्फका सुरक्षाकर्मीले सीमामै रोकेर राखे पनि २४ जना भने लुकिछिपी चन्द्रनगरसम्म आइपुगेका हुन् ।

उनीहरूलाई अहिले क्वारेन्टाइनमा राखिएको र तत्कालै बबरगन्जस्थित दुर्गा खोभारी जनता माविमा क्वारेन्टाइन बनाएर सार्ने तयारी भइरहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । सीमामा छोडिएकामध्ये आठ जना भने सम्पर्कमा नरहेकाले उनीहरूको खोजी भइरहेको प्रजिअ जीसीले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले भारततर्फको सीमामा कडाइका साथ निगरानी गरिरहेको छ । तर भारतीय सुरक्षाकर्मीले नै क्वारेन्टाइनमा बसेका नेपालीलाई ‘चोर बाटो’ हुँदै ट्रकमा पठाएपछि यहाँस्थित प्रशासनले दुई देशबीच भएको सहमति पालना गर्न भारतका सुरक्षा अधिकारीहरूलाई आग्रह गरेका थिए । चौतर्फी दबाब परेपछि मात्र भारतीय सुरक्षाकर्मीले दशगजामै अड्किएका नेपालीलाई पुनः भारत लगेका हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.