Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

इरानमा पुनः फैलिदै काेराेना, अचानक एकै दिन १६ सय ८० नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा ७८ जनाको मृत्यु

User Photo बिहिबार, बैशाख २५, २०७७
काठमाण्डाै ।

इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचानक १६ सय ८० नयाँ संक्रमित भेटिए ।

यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । इरानमा अब संक्रमणको कूल संख्या १ लाख पार भइसकेको छ ।

इरानमा कोरोना पुनः फर्किएको बताइएको छ, किनभने पछिल्लो चार दिनदेखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ ।

मध्य पूर्वमा इरानलाई कोरोनाभाइरसको संक्रमणले गाँजेको छ । इरानमा कोरोना भाइरसको दोस्रो चरणको कुरा गरिँदैछ ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउश जहांपोरले भने, ‘हामीले देखिरहेका छौं कि पछिल्लो तीनचार दिनदेखि संक्रमणको मामला बढिरहेको छ । मुलुकमा अनावश्यक यात्राका कारण संक्रमित बढिरहेको जस्तो लाग्छ ।’

इरानले अप्रिल ११ देखि लकडाउनमा विभिन्न प्रकारको छुट दिएको थियो । कम जोखिमयुक्त इलाकामा मस्जिद खोलिएका थिए । पछिल्लो २४ घण्टामा इरानमा ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ र यसका साथै मृतकको संख्या ६ हजार ४ सय १८ पुगेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.