Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

रुसमा काेराेना बाट ४ सय ८९ जना चिकित्सकको मृत्यु

User Photo शुक्रबार, असार ५, २०७७
काठमाण्डाै ।

रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने सरकारी संस्था रोजद्रावनादजोरले यो जानकारी दिएको हो ।

एक महिना अगाडिसम्म १ सय १ जना चिकित्सकको मृत्यु भएको थियो । यो संख्या ४८९ पुगेपछि चिकित्सकको मृत्यु दर तीव्र बढेको देखिन्छ ।

रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै यसको मुख्य कारण भएको बताएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार रुसमा हाल ५ लाख ६० हजार बढी कोरोना संक्रमित छन् । संक्रमितको संख्याको आधारमा रुस विश्वका देशहरुको सूचीमा तेस्रो स्थानमा छ । रुसमा हालसम्म ७ हजार ६ सय ५० जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.