Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

भारतीय सीमाकाे रक्षा गर्दा गर्दै अस्ताए एक नेपाली गोर्खा सैनिक

User Photo मङ्लबार, असार ९, २०७७
काठमाण्डाै ।

भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू-कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू-कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको जनाएको छ । गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । ३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाएका छन् ।

भारतीय सेनाको ड्युटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको पछिल्लो घटना पहिलो भने होइन । गत वर्ष मंसिरमा पनि जम्मू–कश्मीरमै खटिएका गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरले पनि दोहारो गोलीबारीमा परेर ज्यान गुमाएका थिए ।

त्यसैगरी जेठ २०७४ मा पनि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत तीन जना नेपालीको जम्मू–कश्मीरमै भएको आतंकवादी हमलामा मृत्यु भएको थियो । उक्त घटनामा कास्कीका गिरीश गुरुङ, गुल्मीका डम्बरबहादुर पुन र पर्वतका रविन शर्माको ज्यान गएको थियो । त्यसको तीन महिनाभित्रै भदौ २०७४ मा पनि लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा नजिक भएको गोलीबारीमा परेर भारतीय सेनामा कार्यरत अर्का एक जना नेपाली मूलका ३६ वर्षीय सन्दीप थापाको मृत्यु भएको थियो ।

फेरि एक महिनाभित्रै भारतीय सेनाकै गोर्खा राइफलमै कार्यरत २७ वर्षीय राजेश खत्रीको पनि जम्मू–कश्मीरमै खटिएका बेला सीमामा भएको दोहोरो गोलीबारीमा मारिएका थिए । जुन २०१९ मा भारतको पूर्वोत्तर राज्य असमको झोरहाटबाट चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको भारतीय वायु सेनाको एउटा विमान दुर्घटना हुँदा लमजुङ पुर्ख्यौली घर भएका फ्लाइट लेफ्टिनेन्ट २८ वर्षीय राजेश थापाको पनि मृत्यु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.