Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

खोप उत्पादन तथा पानी बेच्ने कम्पनीका मालिक एशियाकै सर्वाधिक धनी

उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए

User Photo बिहिबार, पुस १६, २०७७
काठमाण्डाै ।

खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीका मालिक, एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन्।

जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो। यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याक माभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्।

ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन्।

उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए।

जङले खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकलको शेअर गत एप्रिल महिनामा चीनको स्टक बजारमा सूचीकृत गराएका थिए। तीन महिनापछि बोतलबन्द पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङ पनि हङ्‍कङको शेअर बजारमा पुग्यो।

त्यसले उनलाई अलिबाबाका संस्थापक ज्याक माभन्दा माथि पुर्‍याइदियो। ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए।

त्यतिबेलादेखि नै नोङ्फु स्प्रिङ हङ्‌कङको शेअर बजारमा बलियो बनेर बसेको छ। पहिलो चोटि सार्वजनिक भएदेखि अहिलेसम्म त्यसको मूल्य १५५ प्रतिशतले बढेको छ। बेइजिङ बान्ताई बायोलजिकलको शेअरको मूल्य २,००० प्रतिशतभन्दा माथि पुगेको छ।

उक्त फर्म कोभिड-१९ को खोप बनाउन संलग्न छ।

शेअर बजारमा भएको नाटकीय उत्थानले जङलाई एशियाको सर्वाधिक व्यक्तिका रूपमा स्थापित गरिदिएको छ।

ब्लूमबर्गका अनुसार यो इतिहासमै सर्वाधिक सम्पत्ति सङ्कलन भएका घटनामध्ये एक हो।

अमेजन कम्पनीका संस्थापक जेफ बेजोससहित धेरै धनाढ्यहरू कोरोनाभाइरस महामारीका बेला अझ धनी भएका छन्।

भारतका मुकेश अम्बानीको सम्पत्ति पनि यो अवधिमा १८.३ अर्ब डलरले बढेर ७६.९ अर्ब डलर पुगेको छ। उनले आफ्नो व्यापारिक प्रतिष्ठान रिलायन्स इन्डस्ट्रीजलाई प्रविधि र ई-कमर्सको क्षेत्रमा रूपान्तरित गरेका छन्।

यो वर्षको सुरुतिर फेसबुकले भारतको मोबाइल इन्टरनेट कम्पनी रिलायन्स जिओमा ५.७ अर्ब डलर लगानी गर्न लागेको बताएको थियो। उक्त कम्पनी अम्बानीको स्वामित्वमा छ।

तर ज्याक माको सम्पत्ति अक्टोबरमा ६१.७ अर्ब डलरबाट घटेर ५१.२ अर्ब डलर पुगेको छ। उनको कम्पनी अलिबाबा केही समययता चीनका नियामक निकायहरूको निगरानीमा परेको छ।

उससँग सम्बद्ध एन्ट ग्रूप गत नोभेम्बर महिनामा स्टक बजारमा सूचीकृत भएको भए पनि एकलौटी व्यवहार गरेको आशङ्कामा अलिबाबामाथि छानबिन भइरहेको छ।

चीनका अधिकांश अर्बपतिहरू प्रविधिको क्षेत्रसँग सम्बन्धित छन्।

तर ह्वावेई, टिकटक र वीच्याटका विषयमा चीन र अमेरिकाबीच द्वन्द्व बढ्दा केही चिनियाँ प्रविधि कम्पनीको शेअरको मूल्य प्रभावित पनि भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.