Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

म्यानमारमा सेना द्वारा सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा

User Photo सोमवार, माघ १९, २०७७
काठमाण्डाै ।

म्यानमारमा सैनिक ‘कू’ भए सँगै त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.